पोखरामा फुटबलर साम्बा सम्मानित
को हुन् साम्बा ?
पाेखरा | जेठ २७, २०८०
पोखरा: पोखराको नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् ।
मदरल्याण्ड माध्यमिक विद्यालयले भण्डारीलाई नगद २५ हजार, सम्मानपत्रसहित दोसल्लाले सम्मान गरेको हो ।
उनलाई पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा. त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले सम्मान अर्पण गरे ।
सो अवसरमा बोल्दै भण्डारीले खेल जिवनका लागि थप हौसला मिलेको बताइन् । भण्डारीले आफ्नो फुटबल अभ्यासका अतीत सम्झँदै सँघर्षले नै सफलता प्रदान गर्ने बताइन् ।
उनले आगामी दिनमासमेत राष्ट्रको शिर उचो बनाउनका आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने धारणा राखेकी थिइन् ।
को हुन् साम्बा ?
साम्बा उपनामले परिचित सावित्रा भण्डारी २६ वर्षअघि लमजुङको बाहुन्डाँडामा जन्मिएकी हुन ।
विगत एक दशकदेखि फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् ।
सन् २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् ।
त्यसपछि हालसम्म गरि उनले देशको प्रतिनिधत्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेकी छिन् ।
साम्बको सोही योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको विद्यालयका प्रिन्सिपल नारायण बरालले बताएका थिए ।
गण्डकी प्रदेशस्तरीय फुटसल सुरु
मदरल्याण्ड विद्यालयको आयोजनामा शनिबारदेखि प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ ।
भर्खरै एसइई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा कुल ६० टिमको सहभागिता रहेको छ ।
पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँले सो प्रतियोगिताको उद्घाटन गरे ।
तीन दिनसम्म चल्ने प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

